जेष्ठनागरिक र एकल महिला भत्ता कटौती नहुने

जेष्ठनागरिक र एकल महिला भत्ता कटौती नहुने


 बैकिङ्ग समाचार । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट प्रस्तुतत गर्दै जेष्ठ नागरिक, विपन्न वर्ग र एकल महिलालाई दिइदै आएको भत्ता कटौती नगर्ने बताएका छन् । यसअघि भत्ता कटौती गर्ने भन्ने ब्यापक हल्ला चलेको थियो । केही विकासकर्मी र समाजसेवीहरुले दिइएको भत्ता कटौती गर्न नहुने बताउँदै आएका थिए । बजेट प्रस्तुत गर्दै उनले प्रदेशलाई ५५ अर्ब र स्थानीय तहलाई ९० अर्ब रुपैयाँ विनियोजन गरेका बताए । संघीय सरकारको स्रोतको संकुचन आउने देखिएको  बताए ।

उनले आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए । त्यसैगरी आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवनउपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण, संघीयता कार्यान्वयन गरिनेछ भने पारदर्शीता कायम गरिने बताए ।