आगामी बजेटः प्रदेशलाई ५५, स्थानीय तहलाई ९० अर्ब बिनियोजन, स्वास्थ्य सेवा उच्च प्राथमिकतामा

आगामी बजेटः प्रदेशलाई ५५, स्थानीय तहलाई ९० अर्ब बिनियोजन, स्वास्थ्य सेवा उच्च प्राथमिकतामा


 

 बैकिङ्ग समाचार । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट भाषण समानीकरण, समपुरक अनुदानलाई उल्लेख्य वृद्धि गरेको बताए ।

प्रदेशलाई ५५ अर्ब र स्थानीय तहलाई ९० अर्ब रुपैयाँ विनियोजन गरेका बताए । संघीय सरकारको स्रोतको संकुचन आउने देखिएको  बताए ।

उनले आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए ।

त्यसैगरी आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवनउपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण, संघीयता कार्यान्वयन गरिनेछ भने पारदर्शीता कायम गरिने बताए ।