कोरोनाका कारण निजी क्षेत्रको कर्जा प्रवाह १५ प्रतिशतमा सीमित

कोरोनाका कारण निजी क्षेत्रको कर्जा प्रवाह १५ प्रतिशतमा सीमित


बैकिङ्ग समाचार ।  
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा निजी क्षेत्रबाट प्रवाह हुने कर्जा १५ प्रतिशतमा सीमित रहने भएको छ। कोरोना भाइरसका कारण भएको लकडाउनमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह प्रभावित भएपछि निजी क्षेत्रको कर्जा प्रवाह खुम्चने भएको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल आन्तरिक कर्जा २४.० प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरेको थियो । सरकारले बजेट मार्फत गरेको प्रक्षेपणलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले समेत सोही अनुसार कर्जा प्रवाह वृद्धिको चालु आर्थिक वर्षको मौद्रित नीतिले १८ प्रतिशत लक्ष्य राखेको थियो।

२०७६ चैतमा वार्षिक विन्दुगत आधारमा विस्तुत मुद्राप्रदायको वृद्धिदर १५.३ प्रतिशत र निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जाको वृद्धिदर १५.४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। विद्यमान आर्थिक परिदृष्यलाई दृष्टिगत गर्दा चालु आर्थिक वर्षमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर १५ प्रतिशत रहने अनुमान राष्ट्र बैंकको छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकोमा २०७७ जेठ ९ सम्ममा ४५ अर्ब बराबरको ट्रेजरी विल, १०० अर्ब बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र समेत गरी कूल १ खर्ब ४५ अर्ब १४ करोड २० हजार रुपैयाँ आन्तरिक ऋण परिचालन भएको छ ।।