लकडाउनपछि ५८ अर्बले घट्यो रेमिट्यान्स 

लकडाउनपछि ५८ अर्बले घट्यो रेमिट्यान्स 


बैकिङ्ग समाचार । 
कोभिड–१९ महामारीका कारण पछिल्लो दुई महिनामा मुलुकभित्र भित्रने विप्रेषण (रेमिट्यान्स) ५८ अर्ब ६३ करोड रुपैयाँले घटेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा करिब ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान छ । गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो।

यसैगरि चैतदेखि २०७७ बैशाखसम्ममा ७ अर्ब १६ करोडको निर्यात र १०० अर्ब ९० करोडको आयात भएको छ । समीक्षा अवधिमा ५८.६४ प्रतिशतले निर्यात र ५५.९४ प्रतिशतले आयात घटेको हो। गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोडको निर्यात र २२९ अर्ब ३ करोडको आयात भएको थियो ।

२०७६ फागुनमा ५ अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा १ अर्ब ६० करोड प्राप्त भएको केन्द्रीय बैंकले जनाएको छ ।