बैंकहरुलाई राष्ट्र बैंकको कडा निर्देशन, असार मसान्तसम्म स्प्रेडदर ४.४ % मा झार्नुपर्ने

बैंकहरुलाई राष्ट्र बैंकको कडा निर्देशन, असार मसान्तसम्म स्प्रेडदर ४.४ % मा झार्नुपर्ने


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको भारित औसत ब्याजदर अन्तर (वेटेड स्प्रेड रेट) लाई झन कडाई साथ लागू गर्ने भएको छ ।

चालु आवको मोद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै केन्द्रिय बैंकले आगामी असार मसान्तभित्र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभित्र ल्याईसक्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ।

हाल अधिकांस बैंकहरुको स्प्रेड दर ५ प्रतिशतभन्दा माथि छ । अब बैंकहरुले असार मसान्तसम्ममा ४.४ प्रतिशतमा झार्नुपर्ने छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौन्द्रिक नीति मार्फत स्प्रेडदर ४.५ प्रतिशतबाट ४.४ प्रतिशतमा झार्ने व्यवस्था गरेको थियो।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात, बैंकदर र वैधानिक तरलता अनुपातलाई यथावत कायम गरेको छ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा प्रवाह प्रोत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित गर्ने बताएको छ।

कृषि व्यवसाय, लघु, साना तथा मझौला उद्योग लगायतका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी सहज रुपमा पुनरकर्जा सुविधा उपलव्ध हुने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकको भनाई छ।