तरलताको समस्या तत्काल समाधान हुँदैन : गभर्नर अधिकारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलताको समस्या तत्काल समाधान नहुने बताएका छन् । महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रका सूचक अहिले पनि नकारात्मक नै भएकोले तरलताको समस्या तत्काल समाधान हुने नदेखिएको बताए । उनले सोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएकोले तरलताको समस्या पनि तत्काल समाधान नहुने बताए ।

‘विश्व कोरोना महामारीपछि मुद्रास्फिति बढेको छ, आयातमा आधारित अर्थतन्त्र भयो, आयातजन्य वस्तु बढ्दा महँगो भएको हो, रेटमा चाप दिएपनि उपभोग घटेन,’ उनले भने ।

यस्तै उनले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने सही भएपनि कुनै वस्तुको उपभोग कम गर्नका लागि पनि रेट बनाउन आवश्यक रहेको बताए ।

उनले वर्तमान अर्थतन्त्र धेरै सकारात्मक नभएकोले सबै सजग बन्नु पर्ने बताए ।