अमृत पुडासैनी, काठमाडौं ।
कुशल नेतृत्वको हातमा कुनै पनि संस्था गएको खण्डमा प्रगति हुन्छ भन्ने उदाहरणको रुपमा एनआईसी एशिया बैंकलाई लिन सकिन्छ । हरेक तथ्यांकमा अब्बल नेपालकै उत्कृष्ट बाणिज्य बैंकको रुपमा पहिलो स्थानमा यतीबेला एनआईसी एशिया बैंक पनि पर्दछ ।
ग्राहकलाई आधुनिक प्रविधिसँग खेल्न सिकाउने बैंकको रुपमा उदाएको यस बैंकले डिजिटल प्रविधिलाई भरपुर प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । बैंकले डिजिटल प्रणालीलाई पहिलो प्राथमिकता दिँदै आएको छ । बैंकले बैंकिङ्ग सेवा तथा सुविधाहरु थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरु उपयोग गर्न मिल्ने सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा र रणनिती पनि लिएको छ । कम्प्युटरको दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीहरुको सहयोगले डिजिटल रुपमा नै खाता खोल्न सकिने समेत व्यवस्था गरको छ ।
जसको लागि बैंकले देशभर रहेको शाखा कार्यलयहरुमा छुटै डिजिटल लबीको व्यवस्था गरेको छ । त्यतिमात्र नभएर आफ्ना ग्राहकको सेवालाई चुस्त बनाउनको लागि हरेक शाखामा पैसा जम्मा गर्न जादा अनलाईन मार्फत भौचर भर्न सकिने व्यवस्था पनि गरेको छ । यसको अलवा एन.आई.सी. एसिया बैंकले मोवाइल बैकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवमं मौज्यात विवरण, चेक अनुरोध, ई कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाईन प्रणालीमार्फत सेवा दिइरहेको छ । कोभिडपछि बैंकले लगातार ग्राहकलाई उत्कृष्ट सेवाहरु दिएर हरेक ग्राहकको मन जित्न समेत सफल भएको छ । यसले गर्दा कोभिड पछिको समयमा ग्राहकको आकर्षण एनआईसी एशिया बैंकमा बढे्को बैंकको तथ्यांकले देखाउँछ । कोभिड अघि र पछि यस बैंकको तथ्यांक यस्तो छ ।
कुल खाता ५९ प्रतिशतले बृद्धि
२०७९को बैशाख मसान्तमा एनआईसी एशिया बैंकमा ग्राहकको संख्यामा ५९ प्रतिशतले बृद्धि भएको छ । २०७७ को असार मसान्तमा १८ लाख ७९ हजार ६ सय २८ रहेकोमा हाल ग्राहकको संख्या ह्वात्तै बढेर २९ लाख ८४ हजार ८ सय २४ पुगेको छ । जुन अन्य बैंकको तुलनामा यस बैंकमा ग्राहकका आकर्षण बढेको तथ्यांकले देखाउछ ।
डेबिट कार्ड प्रयोगकर्ता पनि बढे
डेबिट कार्डको प्रयोगकर्ता पनि यस बर्ष निकै बढेको छ । जसमा ७८ प्रतिशतले बढेर १२ लाख २९ हजार ७ सय ५ पुगेको छ । तर २०७७ को असार मसान्तमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या ६ लाख ९१ हजार ८ सय २१ रहेको थियो । यसले पनि डेबिट कार्ड लिनेको संख्यामा उल्लेखीय वृद्धि भएको पाइन्छ ।
मोवाइल बैंकिङ्गमा आकर्षण बढ्यो
मोवाइल बैकिङ्ग प्रयोगकर्ताको संख्यामा पनि बैंकले निकै सुधार गरेको छ । कोभिडको समयमा आर्थिक रुपमा देशलाई चलायमान बनाउन मोबाइल बैंकिङ्गको ठुलो सहयोग गरेको थियो । २०७७ असार मसान्तमा मात्र ११ लाख ३६ हजार ९ सय ९९ सय मात्रै मोवाइल प्रयोगकर्ता थिए । भएकामा २०७९ मा आईपुग्दा त्यो संख्या बढेर १९ लाख ५३ हजार ६ सय १ पुगेको छ । यो पछिल्लो तथ्याङ अनुसार ६८ प्रतिशतले बृद्धि भएको हो ।
इन्टरनेट बैकिङ्ग प्रयोगकर्तामा उल्लेखीय वृद्धि
इन्टरनेट बैंकिङ्गमा पनि एनआईसी एशिया बैंकले २०७७ असार मसान्तमा मात्र १ लाख २० हजार ७ सय ३९ इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७९ को बैशाख मसान्त सम्म आईपुग्दा १ लाख ८५ हजार १ सय ८४ पुगेको छ । यो तथ्याङकलाई बैंकको २०७७ को डाटासँग तुलना गर्दा ५३ प्रतिशतले बढेको हो ।
क्रेडिट कार्ड प्रयोगकर्ता ४६ प्रतिशतले बढे
२०७७ को आँकडा हेर्दा २०७९ बैशाख मसान्त सम्ममा एनआईसी एशिया बैंक मार्फत क्रेडिट कार्डको प्रयोग गर्नेको संख्या ४६ प्रतिशतले बढ्ेर कुल ११ हजार २ सय ३८ पुगेको छ । जसमा २०७७ को असार मसान्त तथ्याङक हेर्दा कुल क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या ७ हजार ६ सय ७५ रहेको थियो ।
प्रतिक्रिया