नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ कम्पनीको बोनस सेयर र एक कम्पनीको ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो ।

१. सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव  गरेको थियो ।

२. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता सेयर सूचिकृत भएको हो । 

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

३. महालक्ष्मी विकास बैंक लिमिटेड

 महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८ सय ५ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४. सिभिल बैंक लिमिटेड

सिभिल बैंक लिमिटेडको ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि पौष ७ गतेसम्म १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । निष्कासन गरिएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गरेको थियो । सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।