इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर सरकारको जमानी माग गरेको निगमले जनाएको छ ।निगमका अनुसार  तत्काललाई २ अर्ब रुपैयाँ उपलब्ध गराउने बचन आएको छ, सरकारी जमानीका लागि वाणिज्य मन्त्रालयमार्फत अर्थमा प्रस्ताव पेस भएको छ ।  आगामी २३ तारिखमा इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १५ अर्ब हाराहारी रकम बुझाउनु निगमको बाध्यता छ । जसका लागि अपुग रकम बैंकसँग मागिएको स्रोत बताउँछ । निगमको मूल्यस्थिरीकरण कोषमा अब ३० करोड रुपैयाँ बाँकी रहेको र बजारको दैनिक कारोबारबाट त्यस अवधिमा १५ अर्ब हाराहारी रकम उठ्ने निगम बताउँछ । 

बजारबाट उठेको रकमको केही रकम राजस्वमा पनि जाने भएकाले अपुग रकम मागेको निगम स्रोत बताउँछ ।