स्वरोजगार लघुवित्तको सीईओले दिए राजीनामा, कामु सीईओमा न्यौपाने


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कृष्ण उप्रेतीले पदबाट राजीनामा दिएका छन्। संस्थाको सञ्चालक समितिको ३१७औँ बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा मंसिर १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।

उप्रेतीले व्यक्तिगत तथा घरायसी समस्या देखाई सीईओ पदबाट राजीनामा दिएको संस्थाले जनाएको छ। उप्रेती २०७९ पुस ४ गतेदेखि पुनः नियुक्त भई संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए।

उनको राजीनामापछि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको (कामु सीईओ) जिम्मेवारी दिएको छ।