भारतीय ठुला कम्पनी एचडीएफसी र एचडीफसी बैंकबीच बिग मर्जर

भारतीय ठुला कम्पनी एचडीएफसी र एचडीफसी बैंकबीच बिग मर्जर

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

भारतमा एचडीएफसी लिमिटेड र एचडीएफसी बैंकबीच मर्ज भएको छ । यसलाई भारतको कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो सम्झौताहरूमध्ये एक मानिएको छ । एचडीएफसीसँग एचडीएफसी मिसिएको हो ।

देशको सबैभन्दा ठूलो बैंक अहिले झनै ठूलो भएको छ । यतिठुलो कि शुरुवाती अभिभावक कम्पनी पनि अहिले यो बैंकमा समाहित हुन पुगेको हो । एचडीएफसी बैंक, भारतको सबैभन्दा ठूलो ऋण प्रदायक संस्था पनि हो । अब यसको एक सहयोगी, एचडीएफसी बैंकसँग मर्ज हुन गइरहेको छ । त्यसको केही प्रक्रिया अझै पनि बाँकी छ ।

दुबै कम्पनीको बोर्डले यो मर्जरलाई अनुमोदन गरेको छ । एचडीएफसीका प्रत्येक सेयरधनीले आफ्नो २५ सेयर बराबर एचडीएफसी बैंकको ४२ कित्ता सेयर पाउनेछन् । यो भारतीय कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो यस्तो सम्झौता भएको हो । यो अनुमान गरिएको छ कि मर्जर पछि, एचडीफसी बैंक भारतको दोस्रो ठूलो कम्पनी टीएससीलाई उछिनेको छ ।