बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थतन्त्र सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुलाई ‘आकस्मिक छलफल’का लागि बोलाएको छ ।
राष्ट्र बैंकले विषयवस्तु नखुलाई छलफलका लागि भन्दै २७ वटै वाणिज्य बैंकका सीइओहरुका लागि आज अपरान्ह ४ बजे बोलाएको हो ।
छलफलका लागि बोलाईएपछि कतिपय सीइओहरु नेपाल राष्ट्र बैंक पुगिसकेका छन् । कतिपय पुग्ने क्रममा छन् । अधिकांश सीइओहरुले छलफलका लागि मात्र बोलाएको, तर विषयवस्तु थाहा नभएको प्रतिक्रिया दिएका छन् ।






About Us
प्रतिक्रिया