मेगा बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेली ‘वुमन बैंकिङ सीईओ अफ दी इयर’बाट सम्मानित

मेगा बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेली ‘वुमन बैंकिङ सीईओ अफ दी इयर’बाट सम्मानित

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ जित्दा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दी इयर अवार्ड-२०२२’ जितेकी हुन् ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको कुरा भएको र यसको श्रेय मेगा बैंकका संस्थापक, शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने खुञ्जेलीको भनाइ थियो । मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत खुञ्जेलीलाई उक्त अवार्ड प्रदान गरिएको वर्ल्ड बिजनेस आउटलुकले जनाएको छ ।

सिंगापुरस्थित वर्ल्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।

स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो ।

यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।