राष्ट्र बैंकमा कार्यकारी निर्देशक ढकाल र भट्टको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकमा कार्यकारी निर्देशक ढकाल र भट्टको जिम्मेवारी हेरफेर

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ। कार्यकारी निर्देशक देव कुमार ढकाल र डा गुणाकर भट्टको जिम्मेवारी हेरफेर भएको हो। 

बैंक सुपरिवेक्षण विभागमा प्रमुखको भूमिकामा रहेका डा गुणाकर भट्टलाई बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ। भने,यस अगाडी बैंक तथा वित्तीय संस्थाको नियमन बिभागमा रहेका देव कुमार ढकाललाई डा. गुणाकर भट्टको यस अगाडीको बिभाग अर्थात बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ।

बैंक तथा वित्तीय संस्थाको नियमन बिभागलाई बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई नियमन गर्ने अधिकार दिईएको हुन्छ भने बैंक सुपरिवेक्षण विभागलाई भने कमर्शियल बैंकको मात्रै सुपरिवेक्षण गर्ने अधिकार दिईएको छ। 

नियमन बिभागको जिम्मेवारी पाएका डा भट्ट नेपाल राष्ट्र बैंकका प्रमुख प्रवक्ता समेत हुन्। बैंक सुपरिवेक्षण विभाग अगाडी डा भट्ट राष्ट्र बैंकको अनुसन्धान विभागमा थिए। 

त्यस्तै नियमनबाट सुपरिवेक्षण विभाग 'तानिएका' देव ढकाल यस अगाडी राष्ट्र बैंकका प्रवक्ताको जिम्मेवारीमा समेत थिए। बैंक तथा वित्तीय संस्थाको नियमन बिभागलाई राष्ट्र बैंकको विभाग मध्ये महत्त्वपूर्ण र शक्तिशाली विभागको रुपमा लिईने गरिन्छ।