माइपे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

माइपे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 डिजिटल वालेट माइपेले नेपालमै पहिलोपटक वालेट प्रयोग गर्दा १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।

माइपेले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको बताएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माइ पे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना माइ पे मार्फत न्यूनतम १ हजारको कारोबार भएको हुनुपर्नेछ ।

यसरी मासिक १ हजारको कारोबार भएको दुई दिनपछि उक्त ग्राहकको १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुने र सो को जानकारी एसएमएस मार्फत गराइने कम्पनीले जानकारी दिएको छ ।

यस बीमा सुविधाका अतिरिक्त माइपे मार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र १ रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा रहेको छ । साथै माइपेका ग्राहकहरुले माइपे मार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्दै आइरहेका छन् ।

यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । माइ पे ले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।