एनएमबि बैंकले ल्यायो \’एनएमबि यु-वाह, डिजी सेभिङ\’ नौलो बचत योजना, के छ बिशेषता ?

एनएमबि बैंकले ल्यायो \’एनएमबि यु-वाह, डिजी सेभिङ\’ नौलो बचत योजना, के छ बिशेषता ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता 'एनएमबि यु वाह, डिजी सेभिङ' ल्याएको छ। १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ। 

एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधा सहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर (ब्द्यद्यक्) र वार्षिक रु १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउने छ । 

यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५% छुट पनि उपलब्ध गराउने जनाएकोे छ। एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।