रुस-युक्रेन तनावः रुसलाई स्विफ्ट बैकिङ्ग प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबारमा ब्रेक

रुस-युक्रेन तनावः रुसलाई स्विफ्ट बैकिङ्ग प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबारमा ब्रेक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ। अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेको हो।

रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्। उनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गरिन्।

यस्तै रुसी केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ। 
 एजेन्सी

\"\"