सहकारीको ब्याजदर १६ %

सहकारीको ब्याजदर १६ %

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ। यसअघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो।

बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जाको ब्याज बढेसँगै सहकारीको पनि ब्याज बढाइएको हो। वाणिज्य बैंकको औसत ब्याजदर १४.७२, विकास बैंकको १७.२७ र फाइनान्सको १६.१७ को आधार लिँदा सहकारीको औसत ब्याजदर १५ प्रतिशत निस्किएको थियो। 

औसत ब्याजमा  १० प्रतिशत थप्न सकिने प्रावधानअनुसार १६ प्रतिशत कायम गरिएको नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले बताए। बैंकहरूको ब्याजदर बढेसँगै सहकारीले पनि ब्याज बढाउन दबब दिदैँ आएका थिए। ब्याजदर निर्धारण समिति र प्राविधिक समितिको बैठकपछि शुक्रबार ब्याजदर तय भएको हो।  सहकारीले कर्जा र निक्षेपमा ६ प्रतिशतसम्म स्प्रेदर कायम गर्नुपर्ने सहकारी ऐन २०७४ को प्रावधान छ। 

बैठकले ४/४ महिनामा समितिको बैठक बसेर सन्दर्भ ब्याजदर हेरफेर गर्न सक्ने निर्णय गरेको छ। यस्तै सहकारीले १.५ प्रतिशतसम्म सेवाशुल्क लिन पाउने भएका छन्। व्यक्तिगततर्फ १ र सामूहिक जमानीतर्फ १.५ प्रतिशतसम्म सेवा शुल्क तोकिएको विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए।