दुबईबाट आइफोन, सुन र ल्यापटप ल्याउन रोक लगाउनुपर्छः सुमन पोख्रेल

दुबईबाट आइफोन, सुन र ल्यापटप ल्याउन रोक लगाउनुपर्छः सुमन पोख्रेल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन पोख्रेलले दुबईबाट आइफोन, ल्यापटप र सुन आयात रोक्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोख्रेलले पछिल्लो समय रेमिट्यान्स घटेको भन्दै त्यस्ता वस्तुको आयातमा रोक लगाउनुपर्ने बताए । उनले अहिले विदेश जानेको संख्या बढेको भए पनि रेमिट्यान्स घट्दो क्रममा रहेको बताए ।

‘अहिले पनि १३ देखि १४ अर्ब डलर रेमिट्यान्स आउने बजार छ तर रेमिट्यान्स आइरहेको छैन,’ उनले भने, ‘बैंकले रेमिट्यान्स नल्याउने हो भने रेमिट कम्पनी बन्द हुन्छन् ।’ विदेशबाट विलासी वस्तुको आयात बढेका कारण रेमिट्यान्स घटेको उनको भनाइ छ ।