निक्षेपको ब्याजदर १५ % र कर्जाको १८%  पुग्ने देखिएको छ: सिइओ रत्नराज बज्राचार्य

निक्षेपको ब्याजदर १५ % र कर्जाको १८%  पुग्ने देखिएको छ: सिइओ रत्नराज बज्राचार्य

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए आगामी असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सीइओ बज्राचार्यले तत्काल तरलता अभाव हट्ने अवस्था नभएको बताउँदै अब एकल विन्दुमा ब्याजदर सम्भव नभएको बताए । ‘कर्जाको माग अत्यधिक छ, जसले गर्दा तत्कालै तरलता समस्या समाधान हुँदैन । अब एकल विन्दुमा ब्याजदर सम्भव छैन,’ उनले भने ।

उनले नेपाल राष्ट्र बैंक मौद्रिक अर्धवार्षिक समीक्षामार्फत पुनरकर्जाको ब्याजदर ७ प्रतिशत पुर्याएको उल्लेख गर्दै अब संस्थागत निक्षेप जोगाउन पनि ब्याजदर बढाउनु पर्ने अवस्था आएको बताए । ‘निक्षेपको ब्याजदर १५ प्रतिशत पुग्ने देखिएको छ, अहिले उत्पादन र अनुत्पादक केलाई भन्ने हो स्पष्ट छैन,’ उनले भने ।