मुक्तिनाथ विकास बैंकमै बचत किन गर्ने ? यस्ता छन ८ कारण

मुक्तिनाथ विकास बैंकमै बचत किन गर्ने ? यस्ता छन ८ कारण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
बैंकमा बचत किन गर्ने ? यो त्यती धेरै हलुका प्रश्न होइन । भनिन्छ बचत नै समृद्धिको आधार हो । भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सजिलै पार लगाउन, अवकास पछिको जीवनको लागि, आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, विबाह, सामाजिक रितीरिवाज मनाउन, व्यवसाय संचालन गर्न, भ्रमण, सामाजिक सुरक्षा, स्तरीय जीवन जीउन, बिलासीलताका सामान खरीद गर्न, बैदेशिक रोजगारीमा जान, घरजग्गा निर्माण–खरीद–मर्मत गर्न, उपहार दिन, सवारी साधन खरीद गर्न, कर्जाको सांवा ब्याज भुक्तानी गर्न, लगानी गर्न आदि प्रयोजनको लागि बचत अत्यन्तै महत्वपूर्ण छ । 

हामी सबै बचत गर्न चाहन्छौं । तर कहाँ गर्ने ? कसरी गर्ने ? कुन बैंकमा गर्ने ? विकास बैंकमा गर्ने कि वाणिज्य बैंकमा ? अथवा सहकारी, फाइनान्स, लघुवित्त कहाँ गर्ने ? यस्ता तमाम दुविधा हामी सबैसँग विधितै छन । तर, यतीबेला मुक्तीनाथ विकास बैंकले बचतमा उच्चतम ब्याजदरका साथै थुप्रै योजनाहरु सार्वजनिक गरेको छ । मुक्तिनाथ विकास बैंकका यस्ता बचत योजनाहरु जसले तपाईको जिवन सवल र सरल हुनसक्छ । 

यस्ता छन मुक्तिनाथ विकास बैंकका बचत योजनाहरुः

१) ‘मुक्तिनाथ रिकरिङ बचत खाता’: ११.५५ प्रतिशत ब्याजदर 
मुक्तीनाथ विकास बैंकले हालसालै मुक्तिनाथ रिकरिङ बचत खाता बजारमा ल्याएको छ । बचतमा उत्कृष्ट ब्याज प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले ‘रिकरिङ बचत खातामा ११.५५ प्रतिशत ब्याज दिनेछ । न्युनतम एक हजारमै खाता खोल्न सकिने यस्तो बचत योजनामा बैंकले हप्ता, मासिक वा त्रैमासिक रुपमा रकम जम्मा गरि मुद्दती खाता सरहको ब्याज पाउन सकिने बैंकले जनाएको छ । यस्तो बचत कम्तीमा १ बर्षदेखि १० वर्षसम्म गर्न सकिनेछ ।
\"\"२) मुक्तिनाथ सर्वोउत्कृष्ट बचत खाता 
निक्षेपकर्तालाई सर्वाधिक ब्याजदर प्रदान गर्ने नयाँ बचत खाता हो ‘मुक्तिनाथ सर्वोउत्कृष्ट बचत खाता’ । सञ्चालनमा ल्याएको छ । यसमा १० हजार न्यूनतम मौजदातमा वार्षिक ८.५५प्रतिशतका दरले मासिक रुपमै ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । बचत गर्नाले भविष्यका मार्गदिशा निर्माण गर्न सकिने भन्दै बैंकले मासिक रुपमै ब्याज भुक्तनी गर्नेगरी यस्तो योजना ल्याएको हो । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गलाई अत्यन्त फाइदा पुग्नेछ । 
\"\"३) मुक्तिनाथ उत्कृष्ट बचत खाताः मासिक ब्याज भुक्तानी, १० लाखसम्मको दुर्घटना बिमा सुविधा 

‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना मुक्तिनाथ विकास बैंकको सबैभन्दा सुविधासम्पन्न बचत योजना हो । बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताको सुविधा ल्याएको जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले उच्च ब्याजदर प्राप्त गर्नेछन् । अझ यसमा १० लाखसम्मको दुर्घटना मृत्यु तथा अशक्तता बीमा सुविधा प्राप्त गर्नेछन । यो योजनाअन्तर्गत रु १० हजारको न्यूनतम मौज्दातमा ग्राहकले उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा ग्राहकले वार्षिक ७ प्रतिशतका दरले मासिक रुपमा ब्याज पाइन्छ । 

मोवाइल तथा इन्टरनेट बैकिङ्ग निःशुल्क 
मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’खाता खोल्ने ग्राहकहरुलाई हरेक वर्ष निःशुल्क मोवाइल बैंकिङ्ग तथा इन्टनेट बैंकिङ्ग सुबिधा प्रदान गरिने बैंकले जनाएको छ । साथै बैंकले एक वर्षसम्म निःशुल्क भिसा डेबिड कार्ड पनि प्रदान गर्नेछ । अन्य बैंक तथा वित्तिय संस्थाहरुको तुलनामा मुक्तिनाथ विकास बैंको यो सुविधा गज्जबको हो । अन्य केही बैंक तथा वित्तिय संस्थाहरुले मोवाईल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगमा शुल्क लिइरहेको अवस्थामा मुक्तिनाथ विकास बैंकले भने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’मा संलग्न हुनेहरुलाई यस्ता सेवाहरु प्रयोग गरेवापत लाग्ने शुल्कमा १ वर्षसम्म निशुल्क गरेको हो । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने बैंकको विश्वास छ । साथै एटीएम कार्डको प्रयोग गरी नेपालभ रका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने बैंक बताउँछ ।

१० लाखसम्मको दुर्घटना बिमा सुविधा 
अझ ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ मा १० लाखसम्मको दुर्घटना मृत्यु तथा अशक्तता बिमा सुविधा पनि छ । बैंकले बचतकर्ता अझ प्रोत्साहन मिलोस भन्ने चहानाकासाथ यो सुविधा लागु गरेको बताएको छ । यो योजनाअन्तर्गत रु १० हजारको न्यूनतम मौज्दातमा ग्राहकले उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।यस बचत खातामा ग्राहकले वार्षिक ५.५० प्रतिशतका दरले मासिक रुपमा ब्याज पाइन्छ । 

डिम्याट–मेरो शेयर खोल्दा पैसा नलाग्ने 
मुक्तिनाथ विकास बैंकको उत्कृष्ट बचत खाता अन्तर्रगतका ग्राहकहरुले डिम्याट खाता खोल्दा पैसा लाग्दैन । पछिल्लो समय जनमानसमा सेयर बजारमा आकर्षण बढ्दै गएकाले पनि सेयर बजारमा लगानी गर्ने ग्राहकहरुलाई लक्षित गर्दै मुक्तिनाथले यो अफर ल्याएको हो ।
\"\"४) खाता खोल्न अत्यन्तै सजिलो 
मुक्तीनाथ विकास बैंकमा खाता खोल्न कुनै पनि झनझट छैन । तपाईँले सिधैं मुक्तीनाथ विकास बैंकको आधिकारीक वेवसाइटमा गएर सजिलै खाता खोल्न सक्नुहुन्छ । अझ नजिकैको शाखामा पुग्नुभयो भने एकैछिनमा काम भइहाल्छ । बैंकले अनालाइन खाताका लागि निकै सजिलो बनाएको छ । खातासम्बन्धी कुनै समस्या उत्पन्न भएपनि बैंकको वेवसाइटमार्फत तपाईले आफ्नो समस्या पेश गर्न सक्नुहुन्छ । बैंकले तपाईको समस्याको समाभान सकेसम्म छिटो हल गरिदिनेछ । बैंकमा तपाईंले आवश्यक कागजात लिएर खाता खोल्न सक्नुहुनेछ । 

५) डिजिटल बैंकिङ्ग प्रणालीमा अब्बलः मुक्तिनाथ विकास बैंक 
खाता खोल्नमात्र होइन, अनलाइनमार्फत डिपोजिट राख्नेबारे सूचना लिन, शेयर अप्लाई गर्न, डिम्याट खाता खोल्न, बिल भुक्तानी गर्न, टपअप गर्न लगायतका साना भन्दा साना कारोबार गर्नका लागि यतिबेला अनलाइन सिष्टम नै प्रयोग गर्ने गरेको पाइन्छ । अनलाइनबाट नै सबै काम हुने भएपछि बैंकमा गएर किन लाइन बस्ने भन्ने विषय बुझेकाहरुले अहिले मुक्तिनाथ विकास बैंककै सेवाहरु लिने गरेका छन । अझ भनौ मुक्तिनाथ विकास बैंकले प्रदान गरेको अत्यन्तै सवल डिजिटल सेवाहरु लिन थालेका छन । ग्राहकलाई चाहिने सुविधा हो । अझ सुविधा भन्दा पनि सहजता महत्वपूर्ण कुरा हो । त्यसैले सहज डिजिटल सेवाका लागि मुक्तिनाथ विकास बैंकले थुप्रै कसरत र मिहनेत गरेको पाइन्छ । बैंकको मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा ग्रामीण स्तरसम्मे काम गर्ने खालको छ । त्यतिमात्र होइन, केही समस्या परे अनलाइनमार्फत नै गुनासो टिपाउन र त्यसको समाधानका लागि पहल गर्न सकिन्छ । मुक्तिनाथ विकास बैंकको वेवसाइटमा गएर आफुलाई चाहिएको सेवा हेर्दा सबै त्यहीँ नै भएजस्तो लाग्छ । अझ बैंकको ग्रामीण स्तरको सेवा हेर्दा त्यहाँका केही सर्वसाधरणहरु भन्छन,‘मुक्तिनाथको सेवा सवल र सुरक्षित छ । यसमा हामी सन्तुष्ट र खुशी छौँ ।’ 

६) एकैपटक ३२ स्थानमा शाखा विस्तार 
मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश गरेको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गर्यो । बैंकका अध्यक्ष भरतराज ढकालले प्रदेश नं.१ मा ४ वटा, प्रदेश नं.२ मा ३ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारिक रुपमा शाखा उद्घाटन गरे । यसले मुक्तिनाथ विकास बैंकले ग्रामिणमै पुगेर केही गरौं भन्ने सोच स्थापना गरेको देखिन्छ । सदैव गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिनेमा बैंक प्रतिबद्ध छ ।

७) जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने 
मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटीएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नै लाग्दैन । मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तर्गतको बैंकको एटीएम बुथबाट रकम झिक्न सक्दछन । एटीएम कार्डको प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने बैंक बताउँछ ।

८) अनुभवी संचालक र कुशल व्यवस्थापन 
मुक्तिनाथ विकास बैंकको संचालक समितिको अध्यक्षमा भरतराज ढकाल छन् । स्थापनाकालदेखि नै बैंकको सीईओको रुपमा रहेका ढकालको योगदान बैंकलाई माथि ल्याउनमा अमुल्य रहेको छ ।  त्यस्तै अन्य संचालक सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र र निर्मला कुमारी के.सी. कार्की रहेका छन् । यसैगरी बैंकको उच्च व्यवस्थापनमा कुशल बैंकर प्रद्युमान पोखरेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यरत छन् । उनी डेभ्लपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष पनि हुन । त्यस्तै समिरशेखर बज्राचार्य नायव सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा तिलबहादुर गुरुङ र गोविन्द बहादुर राउत पनि कार्यरत रहेका छन् ।