कर्जाको व्याजदर अत्याधिक बढ्न सक्ने 

कर्जाको व्याजदर अत्याधिक बढ्न सक्ने 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्जाको व्याजदर अत्याधिक बढ्ने प्रक्षेपण गरिएको छ । बैंकवित्तले निक्षेपको व्याज बढाएसँगै कर्जाको व्याज बढ्ने भएको हो ।  नेपाल बैंकर्स संघको कार्यसमितिको  बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेपछि बैंकहरुले व्याजदर बढाएका छन् । विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याजदर बढाएका छन् । सहकारीहरु व्याजदर बढाउन हार गुहार गरीरहेका छन् ।  

बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको बताए । उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन् । उनले भने ‘घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाउने भए ।’ वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन् ।

गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए । केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।

यता केहि बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले भने बैंकर्स संघको निर्णयप्रति असन्तुष्टि व्यस्त गरेका छन् । बैंकर्स संघले यो बेला ब्याजको दर बढाउनुपर्ने कुनै कारण नै नरहेको ती सीईओको भनाई छ । अहिले सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउँदा बैंकको लागत बढ्ने र आगामी बैशाखदेखि कर्जाको ब्याज झनै बढ्ने भएकाले यो निर्णय गलत भएको ती सीईओको भनाई छ ।
ब्याजको दर जति बढाएपनि बैंकिंङ प्रणालीमा तरलता नबढेको यथार्थलाई बिर्सिएर बैंकर संघले समग्र बैंकिंङ उद्योगलाई नै असर गर्ने गरि ब्याजको दर बढाउने निर्णय गर्नु कहीं न कहीं ’राजनीतिक’ भएको उनको आरोप छ ।

विकास बैंकले निक्षेपमा १२.५५ र फाइनान्सले १२.६५ प्रतिशतसम्म ब्याज दिने

वाणिज्य बैंकहरुले फागुन १ गतेबाट लागु हुने निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन् । विकास बैंकका सीईओेहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुले दिने मुद्धति निक्षेपको अधिकतम ब्याजदर ११.५५ प्रतिशत पुर्याउने निर्णय गरेको छ ।

रेमिट्यान्सलाई भने १२.५५ प्रतिशतसम्म दिन सक्नेछन् । यता, संस्थागत मुद्धति निक्षेपमा १०.३५ प्रतिशत र बचतको न्यूनतम ब्याजदर ६.५५ प्रतिशत पुग्ने भएको छ ।

फाइनान्स कम्पनीले विकास बैंकको भन्दा ०.१ प्रतिशत बढी ११.६५ प्रतिशत ब्याजदर दिने भएका छन् । फाइनान्स कम्पनीले रेमिट्यान्सको मुद्धति निक्षेपमा १२.६५ प्रतिशत र संस्थागत मुद्धतिमा ११.६५ प्रतिशत ब्याजदर प्रकाशित गर्ने भएका छन् ।