एक महिनामै मोबाईल बैंकिङ्गबाट ९३ अर्ब ५० करोडको कारोबार, क्युआरबाट मात्रै ६ अर्ब ६० करोड भुक्तानी 

एक महिनामै मोबाईल बैंकिङ्गबाट ९३ अर्ब ५० करोडको कारोबार, क्युआरबाट मात्रै ६ अर्ब ६० करोड भुक्तानी 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय डिजिटल भुक्तानीमा उल्लेखीय वृद्धि भएको छ । मोबाईल तथा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या वृद्धि भएसँगै डिजिटल भुक्तानीका माध्यम डिजिटल वालेट, मोबाईल बैकिङ्ग, ईन्टरनेट बैकिङ्ग, कनेक्ट आई.पि.एस लगायत बाट हुने कारोबार निकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पौष महिनामा मात्रै मोबाईल बैकिङ्गबाट ९३ अर्ब ५० करोड रुपैँया बराबरको कारोबार भएको छ । पौष महिनामा यसको कारोबार संख्या १ करोड ३५ लाख पुगेको छ । ईन्टरनेट बैकिङ्ग मार्फत १३ अर्ब २० करोड, मोबाईल वालेटबाट १६ अर्ब २० करोड, क्यूआर कोड बाट ६ अर्ब ६० करोड र ई–कमर्समार्फत ३३ करोड रुपैयाको कारोबार भएको छ । पौष महिनामा ईन्टरनेट बैकिङ्गबाट कारोबार गर्नेको संख्या २ लाख ६० हजार र क्यू.आर.कोडबाट १८ लाख ९५ हजार रहेको छ ।

यसबारेमा नेपाल राष्ट्र बैंकका प्रवत्ता एवंम कार्यकारी निर्देशक डा.गुणाकर भट्ट भन्नुहुन्छ, ‘कोभिडपछिको अवस्थामा हामीले एक डेढ बर्ष यता डिजिटल माध्यमबाट व्यापारिक कारोबारहरु अथवा अन्य दैनिक क्रियाकलापहरुमा व्यक्तिले प्रयोग गर्ने डिजिटल माध्यममा ठुलो प्रगति भएको अवस्था छ ।’

डिजिटल प्रविधि छिटो, सहज र सुरक्षित भएकोले कारोबारीको रोजाईमा बढदै गएको छ । विद्युतीय माध्यमबाट हुने कारोबारमा वृद्धि गर्न हरेक नागरिकमा वित्तिय पहुँच र साक्षरता आवश्यक रहेको जानकारहरु बताउँछन् ।

यसमा राष्ट्र बैंकले पनि डिजिटल माध्यमबाट कारोबारलाई प्रोत्साहन गराउने बिषयलाई लिएर उच्च प्राथमिकता दिएको उनले बताए ।  उनी भन्छन, ‘एउटा व्यक्तिको कारोबारी लागत घटाउनमा यसले ठुलो भुमिका खेल्छ । पैसा खल्तीमै बोक्नुपर्ने त्यसको झन्झट छ, बैंकमा गएर पैसा निकाल्नुपर्ने, सामान किन्नुपर्ने ठाउँमा अथवा अरु भुक्तानी गर्नुपर्ने ठाँउहरुमा पैसा साथमै बोकेर हिड्नुपर्ने बाध्यता जुन छ, त्यसलाई बिस्तारै कमी गर्दै जानुपर्ने आवश्यकता रहेकोले डिजिटल माध्यमबाट त्यस्ता समस्या समाधान हुने हाम्रो विश्वास छ ।’ यसको थप बिकासका लागि राष्ट्र बैंकले आवश्यक पूर्वाधार बिकासको लागि काम गरिरहेको पाइन्छ । राष्ट्रिय पेमेन्ट स्विच संञ्चालन देखि अन्य धेरै कामहरु अघि बढीसकेको छ ।

भट्टका अनुसार राष्ट्र बैंकले भुक्तानी प्रणालीसँग सम्बन्धित पूर्वाधारको बिकासमा महत्वपूर्ण काम गरेको छ । जस्तै, पेमेन्ट सिस्टम विभागले अत्यन्तै प्रवाभकारी ढंगले काम गरिरहेको छ । त्यस्तै हामीले मोवाईल बैकिङ्ग, क्यू.आर कोड अथवा फोन–पे को माध्यमबाट भुक्तानी गर्नेलाई प्राथमिकतामा राखेको उनले बताए । उनले भने, ‘एउटाको कारोबारहरु अर्कोको माध्यमबाट पनि सजिलै हुन सक्ने राष्ट्रिय पेमेन्ट स्विचसँग सम्बन्धित कामहरु पनि अगाडी बढीरहेको अवस्था रहेकोे छ ।’
डिजिटल प्रविधि छिटो, सहज र सुरक्षित भएकोले कारोबारीको रोजाईमा बढदै गएको छ । विद्युतीय माध्यमबाट हुने कारोबारमा वृद्धि गर्न हरेक नागरिकमा वित्तिय पहुँच र साक्षरता आवश्यक रहेको जानकारहरु बताउँछन् ।
त्यस्तै, स्मार्ट च्वाइस टेक्नोलोजी लि.का सि.ई.ओ नारायण प्रकाश भुजु भन्नुहुन्छ, ‘अहिले जतिपनि डिजिटल कारोबारहरु भएको छ, यो प्राय नवपुस्ता तथा शहरमा भएको मानिसले बढी प्रयोग गरेको  पाईन्छ । यसलाई हामीले जतिसक्दो छिटो ग्रामिण क्षेत्रमा पनि विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै जानुपर्ने रहेको छ, साथै थप सुविधा पनि ल्याउन बाँकी रहेको छ ।’ अझ पनि केही क्षेत्रमा नगदबाट कारोबार भइरहेको र त्यसलाई हटाउन सक्ने विभिन्न कामहरु बाँकी नै रहेको उनले बताए । 

अन्तराष्ट्रिय प्रविधिलाई हेर्ने हो भने, बैंकहरु लाईनमा बसेर भन्दा डिजिटल माध्यमबाट कारोबार गर्ने गरेको पाईन्छ । त्यस्तै नेपालमा पनि कोभिडपछि डिजिटल बैकिङ्गतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइन्छ । यसलाई बढाउन आवश्यक पूर्वाधार बिकास र  नागरिकलाई प्रोत्साहन गर्न आवश्यक रहेको छ ।