एनआईसीद्वारा क्यान्सरपीडित खनाललाई १० लाख भुक्तानी

एनआईसीद्वारा क्यान्सरपीडित खनाललाई १० लाख भुक्तानी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, तिलोत्तमा।
एनआईसी एशिया बैंक लिमिटेड ड्राईभरटोल शाखा तिलोत्तमा रुपन्देहीले गम्भीर रोग उपचार बिमा बापत १० लाख रुपियाँ भुक्तानी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बिष्णुपुरमा बसोबास गर्दै आएका लक्ष्मण खनाललाई उपचारबापतको १० लाख रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।

एनआईसी एशिया बैंकका लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उपचारबापतको चेक हस्तान्तरण गरेका हुन् । बंकले उपलव्ध गराएको बिमासहितको बचत खाता सुविधा अन्तर्गत खातावालाले क्यान्सर रोग लागेबापत सो रकम प्राप्त गरेका हुन् । तिलोत्तमा नगरपालिकाको बैरिया माविमा अध्यापन गराउने शिक्षक खनालले एनआईसी एशियाको ड्राईभरटोल शाखामा सर्वश्रेष्ठ गुडविल एम्बेस्डर खाता खोलेका थिए ।

हड्डीको क्यान्सर लागेको पत्ता लागेपछि उनलाई बिमा रकम प्रदान गरिएको हो । खनालको नेपाल क्यान्सर एण्ड रिसर्च सेन्टरमा उपचार भैरहेको छ । चेक हस्तान्तरण गर्दै बैंकका प्रदेश प्रमुख कार्कीले आम सर्वसाधारणले आर्थिक भार बहन गर्न सघाउ पुर्याउने उद्देश्यले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै दुर्घटना बीमा लगायत विभिन्न घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको बताए ।

बैंककी ड्राईभरटोल शाखा प्रमुख सूचिता सिलवालले बैंकले आफ्ना ग्राहकहरुको हितलाई मुख्य ध्यान दिएकाले बैंप्रतिको विश्वास बढ्दै गएको बताइन् । चेक बुझेपछि खनालले बैंकले प्रदान गरेको बीमा रकमले आफ्नो उपचारमा ठूलो राहत मिल्ने बताए । बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।