इच्छाराज तामाङले प्रभु बैंकबाट लिएको ४० करोड कर्जा जोखिममा

इच्छाराज तामाङले प्रभु बैंकबाट लिएको ४० करोड कर्जा जोखिममा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ठगी मुद्दामा थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रभु बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । उनले बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको हो  सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले तामाङको बौद्धमा निर्माणाधीन हाउजिङमा प्रभु बैंकले सो रकम लगानी गरेको भेटेको हो । यद्यपि, विभागको अनुसन्धान टोलीले सो हाउजिङ पनि नयाँ नै फेला पारेको हो ।

यसअघि सो हाउजिङका बारेमा विभागलाई जानकारी नभएपनि अनुसन्धानकै क्रममा भेटिएको हो । स्रोतका अनुसार अनुसार तामाङले सो हाउजिङ निर्माणका लागि प्रभु बैंकबाट ४० करोड रुपैयाँ ऋण लिएका छन् । ‘यसअघि हामीलाई हाउजिङ र सो हाउजिङ निर्माणका लागि लिएको ऋणको विषयमा कुनै जानकारी थिएन तर, अनुसन्धान गर्दै जाँदा तामाङका आफन्त र पीडितहरूसँग बयानका क्रममा निर्माणाधीन हाउजिङ भेटियो, त्यसमा प्रभु बैंकले ४० करोड रुपैयाँ लगानी गरेको रहेछ,’ स्रोतले बताउँछ । 

सो कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । सोही कम्पनी नै धितोमा राखेर प्रभु बैंकले ऋण लगानी गरेको स्रोतको भनाई छ । अहिले विभागले उक्त क्षेत्रमा रहेका निर्माणाधीन संरचना र कम्पनीका नाममा रहेको सम्पत्ति मूल्यांकनको काम गरिरहेको छ ।

प्रभु बैंकले कम्पनी धितो राखेर प्रवाह गरेको ४० करोड रुपैयाँ असुल हुँदैन कि भन्ने चिन्ता पनि छ । यस बारे भने प्रभु बैंकले कुनै प्रतिक्रिया दिएको छैन ।