वाणिज्य बैंकमा कार्यरत ६ हजार २ सय १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि, सयौं शाखाहरु बन्द 

वाणिज्य बैंकमा कार्यरत ६ हजार २ सय १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि, सयौं शाखाहरु बन्द 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विभिन्न वाणिज्य बैंकमा कार्यरत ६ हजार २ सय १३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकिङ्ग समाचारसँग कुरा गर्दै संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले कोरोना संक्रमण बढेसँगै देशभरका १४२ वटा भन्दा बढि बैंकका शाखा कार्यालयहरुको सेवा ठप्प भएको बताए । उनले भने,‘सबैभन्दा बढि बागमती प्रदेशका ९४ भन्दा बढि शाखा कार्यालय बन्दै गरिएको छ । १ नम्बर प्रदेशमा १४ वटा, गण्डकीका १३ वटा र लुम्बिनीका ८ वटा वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द गरिएको जानकारी प्राप्त भएको छ ।’

यसका साथै कर्णाली प्रदेशका ३ वटा शाखा बन्द भएका छन भने प्रदेश नम्बर २ र सुदुरपश्चिम प्रदेशका ५/५ वटा शाखा कार्यालय बन्द गरिएको सिईओ शार्माले जानकारी दिए । 

संघका अनुसार सबैभन्दा बढि एनआईसी एशिया बैंकका ३५, नबिल बैंकका १९, प्राइम बैंक र राष्ट्रिय वाणिज्य बैंकका १५/१५, प्रभु बैंकका ९, सेन्चुरी बैंकका ८, शिभिल र मेगा बैंकका ८/८, सनराईज ६, ग्लोबल आइएमई ४, नेपाल इन्भेष्टमेन्ट, एनएमबी र सिद्धार्थ बैंकका ३, कुमारी र माछापुच्छ्रे बैंकका २/२ गरी देशभरका थुप्रै वाणिज्य बैंकहरुका शाखा कार्यालयहरु धमाधम बन्द भइरहेका छन । 

कोरोना संक्रमण तिब्र गतीमा फैलिँदा बैंक तथा वित्तिय संस्थाहरुले विगतमा जस्तो सरल र सवल सेवा दिन सकिरहेका छ्रैनन् । यद्यपी उनीहरुले सूचना जारी गर्दै सर्वसाधारणलाई घरबाटै अनलाईन सेवा लिन आग्रह गरिरहेका छन । साथै नियमनकारी नेपाल राष्ट्र बैंकले भने बैंक तथा वित्तिय संस्थाहरुलाई सतर्कता अप्नाएर सेवा दिन निर्देशन दिइसकेको छ ।