नेपाल राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण,  ‘वर्क फ्रम होम’को व्यवस्था लागु 

नेपाल राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण,  ‘वर्क फ्रम होम’को व्यवस्था लागु 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार कर्मचारीमा कोरोना फैलिएसँगै राष्ट्र बैंकले ‘वर्क फ्रम होम’को नीति अवलम्बन गरेको छ । राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको हो ।

प्रवक्ता डा. भट्टका अनुसार आइतबारदेखि ‘वर्क फ्रम होम’ को सेवा शुरु गरिएको हो । उनले भने, ‘हामीले गत वर्ष नै वर्क फ्रम होमको नीति ल्याएका थियौं, बैंकहरुले पनि वर्क फ्रम होमकै सेवा सुरु गर्न सक्छन्, कोरोनाका कारण बैंकिङ सेवा पनि प्रभावित भएको छ ।’ राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।रपछिल्लो केहि दिनयता नेपालमा पनि कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।