३ वटा लघुवित्तसहित ४ कम्पनीको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

३ वटा लघुवित्तसहित ४ कम्पनीको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा भएको तीन लघुवित्त वित्तीय संस्था तथा नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेकोे छ।

बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, महुली लघुवित्तको ११ हजार २५४ कित्ता र नागरिक लगानीको कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि आज अर्थात माघ २ गतेदेखि माघ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

आरएमडिसी लघुवित्तको संस्थापक शेयरको न्यूनतम मूल्य ४९४ रुपैयाँ तोकिएको छ। त्यसैगरी, मेरो माइक्रोफाइनान्सको न्यूनतम मूल्य ४८४ रुपैयाँ, महुली लघुवित्तको ६४० रुपैयाँ र नागरिक लगानी कोषको न्यूनतम मूल्य ११८३ रुपैयाँ तोकिएको छ। शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, बबरमहलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।