नबिल बैंकको ३७ औं वार्षिक साधारणसभाः ३८% लाभांश पारित, अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल

नबिल बैंकको ३७ औं वार्षिक साधारणसभाः ३८% लाभांश पारित, अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभा पौष ३० गते केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकको सभाले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६० प्रतिशत वोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, बैंकको सभाले २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रुपैयां हासिल गर्न बैंक सफल भएको छ । बैंकले प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पुर्याउन सफल भएको बताएका छन् ।

बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा Green financing, climate change financing मा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत सभाध्यक्षले सभामा जानकारी गराए । सभाले आ.व. २०७८/७९ को लागि वाह्य लेखापरीक्षकहरु S.A.R. Associates, Chartered Accountants तथा P.J.P.N. & Co., Chartered Accountants लाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।

उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्बिरोध निर्वाचित गरेको छ ।

शुक्रबार सम्पन्न बैंक संचालक समितिको ५८८ औं बैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएका छन् ।

त्यस्तै, साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल) लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका छन् ।

बैंकले स्थापनाकाल देखि हालसम्म रू. १६ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।