सिभिल बैंकको ११ औं साधारण सभा सम्पन्न: ५.२६% लाभांश पारित, मर्जरमा जान आवश्यक सम्झौता गर्ने

सिभिल बैंकको ११ औं साधारण सभा सम्पन्न: ५.२६% लाभांश पारित, मर्जरमा जान आवश्यक सम्झौता गर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभा पौष ३० गते शुक्रवार सम्पन्न भएको हो । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर र कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले आव २०७८/७९ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गरेको छ । सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने–गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने–हुने वा स्वदेशी–विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करीव ५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिईरहेको बैंकका ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम रहेका छन् । बैंकले ९१ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।