माछापुच्छ्रे बैंकका ग्राहकले साओमी र पोको मोबाइल शून्य प्रतिशत इएमआईमा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले साओमी र पोको मोबाइल शून्य प्रतिशत इएमआईमा पाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य उपकरणहरू शून्य प्रतिशत इएमआईमा पाउने भएका छन्। यस विषयमा बैंक र कम्पनीबीच शुक्रबार सम्झौता भएको हो। 

उक्त सम्झौता पत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख विनय रेग्मी र भास्टल इम्पेक्सका निर्देशक नितेश कुमारले हस्ताक्षर गरेका छन्। सम्झौता पछि अब बैंकका ग्राहकहरूले यो सुविधा ६ महिनादेखि ९ महिनासम्म प्रयोग गर्न सक्नेछन्। हाललाई यो सुविधा भास्टल इम्पेक्सको काठमाडौंस्थित सोरुममार्फत लिन सक्ने छन्। 

माछापुच्छ्रे बैंकले हाल देशभरमा रहेको १६३ शाखा, १५७ शाखारहित बैंक सेवा, ६ एक्स एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३ सय २६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा दिइरहेको छ। साथै, बैंकले देशभर २ सयवटा एटिएमहरू सञ्चालन गर्दैछ।