सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त

सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्ने छन् ।

रमेश कुमार श्रेष्ठ यस अघि सेञ्चुरी बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रही बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव बटुलेका छन् ।

संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने श्रेष्ठ एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।