स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रदान गर्न बीमा समितिको निर्देशन

स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रदान गर्न बीमा समितिको निर्देशन

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले सञ्चालित सबै ४१ बीमा कम्पनीहरुलाई सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

कोभिड संक्रमणको तेस्रो भेरियन्ट ओमिक्रोनको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले उक्त निर्देशन दिएको हो ।

जसअनुसार बीमा कम्पनीका कर्मचारी तथा सेवाग्राहीहरुबीच भौतिक दूरी कायम गरी सेवा प्रदान गर्ने वातावरण मिलाउने, आवश्यक माक्स तथा सेनिटाइजरको व्यवस्था गर्न, तालिम तथा गोष्ठीहरु सञ्चालन गर्दा बढीमा २५ जना मात्रै उपस्थित हुने गरी भौतिक दुरी कायम गरेर सञ्चालन गर्ने, सकेसम्म त्यस्ता कार्यक्रमहरु भच्र्युअल माध्यमबाट सञ्चालन गर्न पनि समिितले निर्देशन दिएको छ ।

पछिल्लो केहि दिन यता नेपालमा पनि कोरोना संक्रमणदर गुणाले बढ्दै जान थालेपछि समितिले सबे बीमा कम्पनीहरुलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो ।

समितिले सबै कर्मचारीहरुले कोरोना विरुद्ध खोप लगाएको नलगाएको यकिन गरी बाँकी कर्मचारीहरुलाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।