हिमालयन र इन्भेष्टमेन्ट बैंकको साधारणसभामा भांडभैलोः संचालकबीच भनाभन, मर्जर भाँडियो

हिमालयन र इन्भेष्टमेन्ट बैंकको साधारणसभामा भांडभैलोः संचालकबीच भनाभन, मर्जर भाँडियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर अन्तिम समयमा आएर भाँडिने पक्का भएको छ। हिमालयन बैंकको आजको बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसंगै मर्जर विफल भएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा सेयर आदनप्रदान अनुपात नमिलेको भन्दै त्यसमा अवरोध गरेपछि बाँकी सञ्चालक (सञ्चय कोषबाहेक) को समर्थन हुँदाहुँदै पनि मर्जरको एजेण्डा अगाडि बढ्न सकेन।

यद्यपी बिशेष प्रस्ताव स्वीकृत गर्नलाई चाहिने ७५ प्रतिशत मत प्राप्त नभएकाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर विफल भएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ समुह र कर्मचारी संचय कोषले लिखित रुपमै अहिलेको अवस्थामा मर्जरमा जान नसकिने भन्दै विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बुझिएको छ । 

झन्डै ३७ प्रतिशत सेयर हिस्सा ओगटेको सँस्थापक सेयरधनीले नै लिखित रुपमा मर्जरको विपक्षमा मत दिएकाले अहिले प्रकृया पुरा गर्नका लागि मात्रै खसेको मतको गणना भएको हो।  हिमालयन बैकको सर्वसाधारणबाट सञ्चालक भएका विजयबहादुर श्रेष्ठले सर्वसाधारण सेयरधनीलाई डुबाउन मर्जर भाँड्ने खेल भइरहेको बताएका छन्।

अध्यक्ष श्रेष्ठ र कर्मचारी संचय कोषले अहिलेकै अवस्थामा मर्जरमा जाँदा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउदै मर्जरको विपक्षमा मत दिएका हुन्। ‘मर्जर अगाडि बढ्दा हामी सबैको सेयर कारोबार रोकियो। जब बजार बुलमा थियो हामीले ब्यापार गर्न पाएनौं। ठिक छ, मर्जर हुँदा राम्रो हुन्छ भनेर हामी बोलेनौं,’ उनले भने, ‘एमओयु (MOU) भएको १० महिनापछि मर्जर हुँदैन भन्दा हामीमाथि अन्याय भयो।’

उनले सञ्चय कोषजस्तो गरिमामय संस्थाले हचुवाका भरमा दुई फरक निर्णय गर्दा समस्या भएको बताए। उनले सञ्चय कोषको प्रतिनिधि भनेर राखिएको प्रस्तावको खण्डन समेत गरे। कार्यक्रममा आफ्नो फरक मत राख्दै उनले भने, ‘हिमालयन बैंकको अध्यक्ष सञ्चय कोषबाटै हुनु हुन्थ्यो। उहाँकै पहलमा मर्जर समिति बन्यो। सबैसँग छलफल गरेर डीडीए गर्ने फर्म छानियो। यो ब्यवस्थापनले गरेको कुरा पनि होइन। त्यही बेला स्वाप रेसियोमा चित्त बुझेको थिएन भने हुँदैन भनेको भए भइहाल्थ्यो। अब इन्भेष्टमेन्ट बैंकसँग पनि सहमति भएको छ। आज आएर डीडीए मान्दिन भन्नु कतिको ब्यवसायिक हुन्छ ?’

बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारणसभामा संचालकहरुबीच नै भनाभनको अवस्था देखिएको उत्पस्थित सेयरधनीले बताएका छन्।