एनबी बैंकको संस्थापक सेयर विक्री तत्कालको लागि रोकियो

एनबी बैंकको संस्थापक सेयर विक्री तत्कालको लागि रोकियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
जिल्ला अदालत काठमाडौंले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि विक्री नगर्न आदेश दिएको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै सो आदेश दिएको भएपनि लिखित आदेशको बुधबार आएको हो । आफूहरुले गत अप्रिल २ मा नै आईएफआईसीसँग एनबी बैंकको संस्थापक सेयर खरिदका लागि सम्झौता गरिसकेको चौधरी ग्रुपलाई सेयर विक्री गरिएको भन्दै सनराइज बैंक संचालक समिति अध्यक्ष समेत रहेका व्यवसायी मोतिलाल दुगडले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

दुगडको निवेदनको सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले विपक्षीहरुबाट ७ दिनभित्रमा लिखित जवाफ माग गर्ने आदेश दिएको छ । सो लिखित जवाफ नआउँदासम्म सेयर विक्री नगर्न आदेशमा भनिएको छ ।

‘यस उजुरीकर्ताले नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७/– का दरमा खरीद गर्न ३१ मार्च २०२१मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडी बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिदा सो बमोजिमको सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई विक्री गर्ने कार्य नगर्नु भनी विपक्षीको नाउँमा आदेश जारी गरिएको छ । उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ७ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षहरुका नाउँमा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।