नेपाललाई साढे ४६ अर्ब ७१ करोड ऋण दिने अन्तराष्ट्रिय मुद्रा कोषको निर्णय

नेपाललाई साढे ४६ अर्ब ७१ करोड ऋण दिने अन्तराष्ट्रिय मुद्रा कोषको निर्णय

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरे अनुसार विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तरगत सो कर्जा उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल सरकारले केही समयअघि ४० करोड अमेरिकी डलर (प्रतिडलर ११८ रुपैयााको विनिमय दर अनुसार ४७ अर्ब २० करोड रुपैयाँ) ईसीएफ सुविधा उपलब्ध गराईदिन अनुरोध गरेको थियो । नेपाल सरकारको सो अनुरोध अनुसार आईएमएफले ३९ करोड ५९ लाख अमेरिकी डलर (४६ अर्ब ७१ करोड रुपैयाँ) बराबरको कर्जा स्वीकृत गरेको हो ।

आईएमएफले आफ्ना सदस्य राष्ट्रहरुको लागि एसडीआर सुविधाको कोटा तय गर्ने गरेको छ । नेपालले प्राप्त गर्न लागेको सो ऋण सुविधा कोटाको १८० प्रतिशत हो ।

स्वीकृत कर्जा रकममध्ये ११० मिलियन डलर (१२ अर्ब ९८ करोड रुपैयाँ) नेपालले तत्कालै पाउने छ । यो रकम बजेट फाइनान्सिङ सुविधा अन्तरगत प्राप्त हुन लागेको हो । यो सुविधामा पाउने रकम सरकारले आवश्यक ठानेको क्षेत्रमा खर्च गर्न पाउने छ ।

बाँकी रहेको २८५.९ मिलियन डलर (३३ अर्ब ७३ करोड रुपैयाँ) ३८ महिनाभित्रमा प्रयोग गर्न पाउने छ । आइएमएफबाट प्राप्त सहुलियतपूर्ण कर्जालाई नेपालको स्वास्थ्य र आर्थिक गतिविधिमा महामारीको प्रभाव कम गर्न, जोखिममा परेका समुहहरुलाई संरक्षण गर्न, समष्टिगत आर्थिक क्षेत्रको विकास गर्न र वित्तीय स्थायित्व कायम गर्नको लागि खर्च गर्न पाउने आईएमएफले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।