नेपाल बंगलादेशलाई प्राप्तिपछि यस्तो हुनेछ नबिल बैंकको आकार

नेपाल बंगलादेशलाई प्राप्तिपछि यस्तो हुनेछ नबिल बैंकको आकार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच गाभ्ने गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको हो । 

ललितपुरको होटेल भिभान्तामा हस्ताक्षर भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट मर्जर समितिका संयोजक तथा संचालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्। 

यस अघि नबिल बैंकको संचालक समीतको बैठकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने निर्णय गरेको थियो भने नेपाल बंगलादेश बैंकको संचालक समितिको बैठकले नबिल बैंकमा गाभिने निर्णय गरेको थियो।   दुवै बैंकको संचालक समितिको बैठकले मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेसंगै आज  २ बैंकबीच मर्जर तथा प्राप्तिको लागि सम्झौता भएको हो।

नबिल बैंकले १००:४३ को स्वापमा नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले मर्जर पश्चात नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । यद्यपि यो प्रारम्भिक स्वाप रेसियो र अन्तिम स्वाप रेसियो डिडिए प्रतिवेदन अनुसार हुने छ । मर्जरपछि बैंकको नाम भने नबिल बैंक नै रहने छ । 

प्राप्तिपछि यस्तो हुनेछ बैंकको आकार

चुक्तापुँजी
प्राप्तिपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ । हाल नबिल बैंकको १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ भने नेपाल बंगलादेश बैंकको ९ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी छ । नबिल बैंकले सेयरधनीका लागि ३३.६ प्रतिशत बोनस सेयरको घोषणा गरिसकेको छ भने बंगलादेश बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । दुबै बैंकको बोनस सेयरपछि चुक्ता पुँजी करिब २२ अर्ब ८३ करोड पुग्नेछ ।

निक्षेप र कर्जा
प्राप्तिपछि बैंकको निक्षेप ३ खर्ब ९ अर्ब रुपैयाँ बढी पुग्नेछ भने कर्जा २ खर्ब ८८ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपछि दुवै बैंकको नाफा २ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।

नाफा
कात्तिकसम्म नबिल बैंकको नाफा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने बंगलादेश बैंकको ५३ करोड रुपैयाँ रहेको छ ।

कर्मचारी
दुबै बैंकको नाफा कात्तिकसम्म २ अर्ब ८ करोड रुपैयाँ भन्दा बढी रहेको छ । बंगलादेश बैंकको कर्मचारी ९६८ जना रहेका छन् भने नबिल बैंकको कर्मचारी १२७१ जना रहेका छन् । प्राप्तिपछि बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २२ सय ३९ जना पुग्नेछ ।

शाखा कार्यालय
नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । प्राप्तिपछि कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।