नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई ४३ रुपैयाँका दरले गाभ्ने, डेढ बर्षको कसरतपछि समझदारी पत्रमा हस्ताक्षर 

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच गाभ्ने गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको हो । 

ललितपुरको होटेल भिभान्तामा हस्ताक्षर भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट मर्जर समितिका संयोजक तथा संचालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्। 

यस अघि नबिल बैंकको संचालक समीतको बैठकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने निर्णय गरेको थियो भने नेपाल बंगलादेश बैंकको संचालक समितिको बैठकले नबिल बैंकमा गाभिने निर्णय गरेको थियो।   दुवै बैंकको संचालक समितिको बैठकले मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेसंगै आज  २ बैंकबीच मर्जर तथा प्राप्तिको लागि सम्झौता भएको हो।

नबिल बैंकले १००:४३ को स्वापमा नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले मर्जर पश्चात नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । यद्यपि यो प्रारम्भिक स्वाप रेसियो र अन्तिम स्वाप रेसियो डिडिए प्रतिवेदन अनुसार हुने छ । मर्जरपछि बैंकको नाम भने नबिल बैंक नै रहने छ । 

नबिल बैंकले यस अघि युनाइटेड फाइनान्सलाई गाभेको थियो ।