२० वर्षसम्म बुझिलिन नआएका निक्षेप विकास कोषमा जम्मा गर्न राष्ट्र बैंककाे निर्देशन

२० वर्षसम्म बुझिलिन नआएका निक्षेप विकास कोषमा जम्मा गर्न राष्ट्र बैंककाे निर्देशन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म लिन बुझ्न नआएका / दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएकाे छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम बीस वर्षसम्म लिन बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसावमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकका अनुसार यसरी बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। 

बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रकृया पुरा गरी राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दावी पेश गर्नु पर्नेछ । आवश्यक कागजातसहित दावी पर्न आएमा सम्वन्धित बैंक तथा वित्तीय संस्थालाई विना
व्याज रकम फिर्ता गरिनेछ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग गरिने राष्ट्र बैंककाे सूचनामा उल्लेख गरिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना: