महालक्ष्मी विकास बैंकद्वारा खाद्य सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकद्वारा खाद्य सामाग्री प्रदान

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ ।  बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामाग्रीहरु समाजकेन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उत्त समाजकेन्द्रमा रहेका बालबालिकाहरुको  शारिरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरेका छन्।

केन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

 बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।