नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, २ नयाँ संचालक चयन

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, २ नयाँ संचालक चयन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न भएको छ। कम्पनीले बुधबार साधारणसभा गरेको हो। 

सभाले कम्पनीको चुक्ता पूँजी रु.४१.१ करोड रहेकोमा ३८%बोनस शेयर वितरण गरी रु.५६.७६ करोडपु¥याउनुको साथै अधिकृत पुँजी रु.१अर्ब पु¥याउने निर्णय गरेको छ। साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको  छ।कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने,जोखिम व्यवस्थापन लाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको  पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । 

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७÷७८ मा कम्पनीको खुदनाफा ३८%ले बृद्धी भएको छ । 

सभाले कम्पनीको सञ्चालक समितिमा दुइ जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ  निर्वाचित भएका छन्।नेपाल राष्ट्र बैंकको १०%र बैंक तथा वित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंककात र्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधीहरु रहेका छन् ।