चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएकाले आर्थिक वृद्धिमा कमी आउने जनाएको हो । नेपाल सरकारले भने चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।

विश्वका अधिकांश राष्ट्रहरुमा कोभिड–१९ का विभिन्न भेरियन्टहरू फैलनु, मुद्रास्फिति उच्च हुनु, उच्च सार्वजनिक ऋण र आयमा असमानता बढेकाले आर्थिक वृद्धिमा सुस्तता आउने विश्व बैंकले जनाएको छ । बैंकका अनुसार ४.१ प्रतिशत र सन् २०२३ मा ३.२ प्रतिशत रहने अनुमान छ । सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहेको थियो ।

ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै अमेरिका र चीनको आर्थिक स्थितिमा समेत सुस्तता आउने विश्व बैंकको अनुमान छ । उदयमान र विकासशील अर्थतन्त्रमा सरकारहरूसँग कोभिड–१९ लाई सम्बोधन गर्ने पर्याप्त नीतिगत आधार कमजोर भएकोले आपूर्ति श्रृंखलामा अवरोध र मुद्रास्फितिको चाप व्यहोर्नुपर्ने बैंकले जनाएको छ ।

यो अवस्थाबाट मुक्तिका लागि अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर पहल लिनुपर्ने आवश्यकता रहेको विश्व बैंकले औंल्याएको छ । सबै राष्ट्रहरुले उयुक्त नीतिगत व्यवस्था गर्न आवश्यक रहेको समेत विश्व बैंकले जनाएको छ ।