प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, खुद नाफा र लाभांश परिवर्तन हुन सक्ने

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, खुद नाफा र लाभांश परिवर्तन हुन सक्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited को साधारणसभा स्थगित भएको छ ।  कम्पनीले पुस ३० गते सभा आह्वान गरेको थियो ।  

कोभिड १९ को महामारी एवं कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको समेत प्राविधिक कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ। यस संगै कम्पनीको खुद नाफा र लाभांश समेत परिवर्तन हुन सक्ने देखिएको छ । 

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । कम्पनीले  चुक्ता पूँजी रु.८०,०१,००,०००/- को ७.० प्रतिशत बोनश शेयर रु.५,६०,०७,०००/- (अक्षरेपी: पाँच करोड साठी लाख सात हजार मात्र) र ०.३६८४ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनार्थ नगद लाभांश रु. २९,४७,७३६/८४ (अक्षरेपी: उनान्तीस लाख सड्चालिस हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र) गरी कुल लाभांश ७.३६८४ प्रतिशत अर्थात रु.५,८९,५४,७३६/८४ (अक्षरेपीपाँच करोड उनान्नब्बे लाख चवन्न हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र ) वितरण गर्ने प्रस्ताव गरेको थियो । 

तर राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण खुद नाफा र लाभांश दर फरक हुन सक्ने भएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि गरिएको शेयर दाखिल खारेज (बुक क्लोज) लाई साबिककै कायम गरेको छ।  

 कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको थियो।