संकटा फुटबल क्लबलाई हिमालयन बैंकले दियो १० लाख 

संकटा फुटबल क्लबलाई हिमालयन बैंकले दियो १० लाख 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 

हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । 

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो ।  बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक  समारोहकाबीच संकटा क्लबका महासचिब रमेश धोज बस्नेतलाई हस्तानतरण गरेका हुन । उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधर लगायत अन्य  प्रतिनिधिहरुको उपस्थिती रहेका थियो ।