सिटिजन्स बैंकद्वारा प्रिभिलेज काउन्टर विस्तार

सिटिजन्स बैंकद्वारा प्रिभिलेज काउन्टर विस्तार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ , काठमाण्डौं तथा कमलादी काठमाण्डौं,लुम्बिनी प्रदेशको कालिकानगर शाखामा , प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को  राजविराज शाखामा रहेको प्रिभिलेज  काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो ।

साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकको छ । सिटिजन्स बैंकले  १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।