सांग्रिला बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

सांग्रिला बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनीबीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट प्रालिले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रालिका तर्फबाट सञ्चालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र अनुसार अब यस बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्ट प्रालिबाट प्राप्त हुने सेवामध्ये खाना तथा पेय पदार्थमा बढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ वा क्यूआर कोर्डमार्फत् सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।