हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरको चम्मनचोकमा

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरको चम्मनचोकमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 हिमालयन बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले उक्त  शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई  अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । 

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक  बैजनाथ प्रसाद कोइरीले बताए ।