बैंकिङ्ग प्रणालीमा पहिलो पटक सातामा ५९ अर्ब निक्षेप थपियो

बैंकिङ्ग प्रणालीमा पहिलो पटक सातामा ५९ अर्ब निक्षेप थपियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष सुरु भएपछि पहिलो पटक बैकिङ प्रणालीमा एक सातामा ५९ अर्ब रुपैयाँ भित्रिएको छ । यसभन्दा अघि गत असोज महिनाको दोस्रो सातामा बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

चालु आर्थिक वर्षको पुस महिनाको १६ गते देखि २३ गतेसम्म बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । यो अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

बैंकहरु आर्थिक वर्षको सुरुवातदेखि तरलता अभावको समस्यामा झेलिरहेका थिए । यो अवधिम बैंकहरुले तरलता अभावमात्र नभई कर्जा लगानी योग्य रकमको अभावका समेत भोग्नु पर्यो । बैंकिङ प्रणालीमा नयाँ निक्षेप नआएपछि कर्जा लगानी गर्न सके रोक्नु परेको अवस्था थियो ।

तर, पछिल्लो समयमा स्थानीय निकायको खातामा रहेको सरकारी रकमको ८० प्रतिशसम्म निक्षेप गणना गर्न पाउने व्यवस्थाले निक्षेप बढ्नमा मद्दत गरेको छ । त्यसका साथै सरकारले विलासिताका बस्तुहरुको आयातमा गरेको नियन्त्रणले पनि बैंकहरुको निक्षेप बढ्ेको हो । सरकारले चाँदी, विलासी गाडी, चकलेट लगायत दैनिक जिवनमा अनिवार्य नहुने बस्तुहरुको आयात निरुत्साहीत गरेसंगै बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको हो ।

त्यसका साथै कोरोनाको तेस्रो लहरको जोखिम बढेसंगै बैंकहरुमा निक्षप थपिन थालेको हो । कोरोनाको तेस्रो लहरका कारण आर्थिक गतिविधि प्रभावित हुनसक्ने भएपछि सर्वसाधारणले बैंकमा निक्षेप राख्न थालेका हुन । त्यसका साथै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा गरिएको लगानीमा कडाई तथा उत्पादन मूलक क्षेत्रमा गरेको अनिवार्य व्यवस्थाले पनि निक्षेप बढ्न गएको देखिन्छ । जस्तो स्थानीय तहमा रहेको सरकारी पैसालाई निक्षेप गणना गर्दा बैंकहरुले उत्पादन मुलक षेत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था छ ।

बैंकहरुले उच्च कर्जा लगानी गरेपछि बैंकिङ क्षेत्रमा तरलताको अभाव सुरुभएपछि अन्तर बैंक कारोबार समेत रोकिएको थियो । त्यसपछि बैंकहरुले दैनिक ५ प्रतिशतको दरमा ५१ अर्बसम्म स्थायी तरलता सुविधा प्रयोग गरेका थिए । हालसम्मकै न्यून रहेको ब्याजदर समेत बढेर दोहोरो अंकमा पुगेको थियो । पछिल्लो समयमा करिब ९२ प्रतिशतसम्म रहेको कर्जा निक्षेप अनुपात पनि निक्षेप बढेसंग ९० भन्दा तल झरेको अवस्था छ । नेपाल राष्ट्र बैंकले भने कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जान नहुने भनेको छ ।

चालु आर्थिक वर्षको पुस महिनाको १६ गते देखि २३ गतेसम्ममा बैंकहरुमा स्वेदेशी निक्षेप थपिएको भएपछि विदेशी मुद्राको निक्षेप भने घटेको छ । यो अवधिमा विदेशी मुद्राको निक्षेप ३ अर्बले घटेको छ । बैंकहरुले पुस २३ गतेसम्म कुल ४३ खर्ब ७ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले ४१ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।