मुक्तीनाथ विकास बैंकको अनौठो प्रयास: ‘स्मार्ट बनौैं , डिजिटल बैंकिङ्ग रोजौं’

मुक्तीनाथ विकास बैंकको अनौठो प्रयास: ‘स्मार्ट बनौैं , डिजिटल बैंकिङ्ग रोजौं’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौंका विभिन्न स्थानमा गुडिरहेको दुई पाङग्राको अनौठो किसिमको सवारी साधनले सबैको ध्यानकार्षण गरेको थियो । नजिकगएर हेर्दा यस सवारी साधनमा“स्मार्ट बनौैं , डिजिटल बैंकिङ्ग रोजौं”भन्ने नारा रहेको थियो । यसमा सवारी गरेका युवाहरुले डिजिटल बैंकिङ्ग साक्षरताको पर्ची वितरण गर्दै डिजिटल बैंकिङ्गको विभिन्न सुविधाबारे जनतालाई जानकारी गराउँदै थिए । उक्त डिजिटल बैंकिङ्ग साक्षरताको अभियानभने मुक्तिनाथ विकास बैंकले आयोजना गरेको थियो । 

यस अभियानबाट स्थानीय तहमै डिजिटल बैंकिङ्ग प्रविधि, सेवा सुविधा लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी तथा चेतना पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको मुक्तिनाथ विकास बैंकका ब्राण्ड प्रमुखले समेत जानकारी गराएका थिए । साथै , यस तरिकाको साक्षरता अभियान बैंकिङ्ग क्षेत्रमै एउटा नौलौ प्रयास देखिन्छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको Visa Network मा आवद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।