इन्भेष्टमेण्ट बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

इन्भेष्टमेण्ट बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) को ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

बैंकले विद्यमान संस्थापकको नामममा रहेको उक्त ६८ हजार ७८३ कित्ता सेयर बिक्री गर्ने जानकारी सोमबार एक सूचना जारी गर्दै गराएको छ ।

उक्त संस्थापक सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । यसअनुसार अंकित मूल्य १०० रुपैयाँ देखि नै प्रतिप्रस्धात्मक मूल्यमा सेयर खरीदका लागि निवेदन दिन सकिनेछ ।

उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक यस बैंकका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालयमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।